युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटलीमाथि पुनरागमन जित निकालेको छ ।
जर्मनीले बिहीवार इटलीमाथि २-१ को जित हासिल गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा २ गोल गर्दै खेलमा जित हासिल गरेको हो ।
जर्मनीको जितमा टिम क्लेनडिएन्स्ट र लियोन गोरेज़्काले गोल गरे । घरेलु टोलीका लागि भने सान्ड्रो टोनालीले गोल गरे ।
नवौं मिनेटमा टोनालीको गोलमा इटलीले अग्रता लियो। थियो । खेलको ४९औं मिनेटमा जर्मनीका लागि टिमले बराबरी गोल फर्काए । ७६औं मिनेटमा लियोनको गोल जर्मनीको लागि निर्णायक बन्यो ।
यि दुईबीचको दोस्रो लेगको खेल मार्च २४ मा जर्मनीमा हुनेछ ।
