विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४-० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

टीएफसीको जितमा सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।

एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधीभर कटिहारलाई पुरै दबावमा राखेको थियो । खेलको ३७औं मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १-० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो ।

दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्यो । ७४औं मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए ।

खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ दि म्याच टिएफसीका कप्तान सविन घिमिरे घोषित भए ।

उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरिया विराटनगर र लेटाङ्ग फुटबल क्लब मोरङबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *