चेल्सी कन्फेरेन्स लिगको क्वाटरफाइनलमा

२०८१, ३० फाल्गुन शुक्रबार १०:०५

इङ्लिस क्लब चेल्सी युईएफए कन्फेरेन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको अन्तिम १६ को दोस्रो लेगम डेनिस क्लब एफसी कोपनहेगनलाई १–० ले पराजित गर्दै समग्रमा ३–१ को जितसहित चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

त्यसअघि पहिलो लेग खेलमा चेल्सीले कोपनहेगनलाई २–१ ले पराजित गरेको थियो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन किर्नन ड्यूसबरी-हलले निर्णायक गोल गरे । उनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए ।

अब चेल्सीले क्वाटरफाइनलमा पोलिस क्लब लेगियाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *