इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि कठिन जित निकालेको छ ।

सोमबार राती भएको खेलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो ।

वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा न्युक्यासललाई जित दिलाउन ब्रुनो गुइमारेसले गरेको गोल नै निर्णायक बन्यो । खेलको ६३औं मिनेटमा ब्रुनोले गोल गर्दै न्युक्यासल युनाइटेडलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा गोल हुन नसकेपछि खेल न्युक्यासल युनाइटेडले १-० गोलअन्तरले जितेको हो ।

जितसँगै न्युक्यासल युनाइटेड २८ खेलबाट ४७ अंकका साथ लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम भने समान खेलबाट ३३ अंकका साथ लिगको १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *