अमेरिकी क्लबमा आबद्ध भए जिराउड

२०८१, २ जेष्ठ बुधबार ११:३३

विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्।

फ्रान्स, इङ्ल्यान्ड र इटालीका शीर्ष व्यावसायिक लिगमा १८ वर्ष बिताएका ३७ वर्षीय जिराउडका मंगलबार औपचारिक रूपमा लस एन्जलस एफसीमा अनुबन्धित भएका हुन्।

इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोडेका सन् जिराउड २०२५ सम्म सम्झौता गर्दै एलएएफसीमा अनुबन्ध भएका हुन्। उनलाई यो सम्झौता १ वर्ष थप गर्नसक्ने सुविधा दिइएको छ।

जिराउडले सन् २०१२ देखि २०१८ सम्म आर्सनलमा ६ सिजन बिताएका थिए। त्यसपछि उनले चेल्सी र मिलानमा तीन-तीन वर्ष बिताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *