स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड अग्रता जोगाउन नसक्दा गेटाफेसँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा गेटाफेले एक गोलले पछि परेको स्थिति उल्टाएर एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो ।
हारपछि एट्लेटिकोले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।
घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन दुवै गोल माउरो अराम्बारीले गरे । एट्लेटिकोका लागि एलेक्सजेन्डर सर्लोथले गोल गरे ।
खेलको ७५औं मिनेटमा सर्लेथको गोलमार्फत एटलेटिकोले अग्रता लिएको थियो । तर टोलीले अन्त्य तिर त्यसलाई जोगाउन सकने ।
एन्जल कोरियाले ८८औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एटलेटिको १० खेलाडीमा समेटियो । डेजेन डाकोनाममाथि खराब फउल गरेपछि कोरियालाई सीधै रातो कार्डको सामना गरेका थिए ।
उक्त फ्रिककलाई गोलमा परिणत गर्दै अराम्बारीले खेललाई ११ को बराबरीमा ल्याए । इन्जुरी समयमा अराम्बरीले व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
अराम्बारीले डियगो रिकोले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए । रेफ्रीले भिएआरको सहायतामा गोललाई मान्यता दिएका थिए ।
हारसँगै एटलेटिको २७ खेलबाट ५६ अंकका साथ दोस्रो स्थानमा छ । जित निकालेको गेटाफे समान खेलबाट ३३ अंकका साथ ११औं स्थानमा छ ।
