भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ ।

यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो । यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए ।

त्यसपछि भारतले सन् २०१३ मा दोस्रो पटक उपाधि जितेको थियो । २००२ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन् ।

आइतबार फाइनलमा २ सय ५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेटको नोक्सानीमा जित हात पार्यो ।

दुबई इन्टरनेशनल स्टेडियममा भारतले उत्कृष्ट सुरुवात गर्यो । कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गरे । यी दुईले पहिलो विकेटको लागि १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डका बलरलाई दबाब दिए ।

यो क्रममा रोहितले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा महत्वपुर्ण अर्धशतक प्रहार गरे । मिचेल स्यान्टनरको बलमा ३१ रन बनाएका शुभमन पहिलो विकेटको रूपमा आउट भए ।

लगतै भरपर्दा अनि अनुभवी खेलाडी विराट कोहली सामना गरेको दोस्रो बलमा मात्र १ रन जोडेर आउट भए । उनलाई ब्रेसवेलले एलबीडब्लु धरापमा पारे ।

क्रिजमा जमेका रोहितलाई राचिन रविन्द्रले पविलियनको बाटो देखाइ दिए । ८३ बल खेल्दै ७ चौका र ३ छक्का सहित उनले ७६ रन जोडे । यसपछि तेस्रो विकेटको नोक्सानीमा भारतले १ सय २२ रन बनाएको थियो ।

त्यसपछि श्रेयस अयर र अक्सर पटेलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे । श्रेयस अर्धशतकबाट २ रनले चुके । ४८ रनमा आउट भए । अक्सर पटेल २९ रन जोडेर पविलियन फर्के ।

केएल राहुल र हार्दिक पाण्ड्याले भारतलाई जिततर्फ डोर्याए । यो क्रममा १८ रनमा केयल जमयामीसनद्वारा कट एण्ड बोल्ड भए । केएल अविजित ३४ रनमा रहँदै भारतलाई जित दुलाउन सफल रहे ।

बलिङमा मिचेल स्यान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले संघर्ष गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो ।

विल योङ्ग र रचिन रविन्द्रले पहिलो विकेटको लागि ५७ रनको साझेदारी गरे । योङ्ग १५ रनना आउट भएसँगै न्युजिल्यान्डको विकेट निरन्तर अन्तरालमा झर्यो । रचिनलाई ३७ रनमा कुलदीप यादवले बोल्ड आउट गरे ।

लगत्तै मात्र ११ रन बनाएका केन विलियाम्सनलाई पनि कुलदीप यादवले कट एण्ड बोल्ड गर्दै पविलियनको बाटो देखाईदिए । ७५ रन जोड्दा ३ विकेट गुमाएको न्युजिल्यान्डले सुरूवात राम्रो गर्न सकेन् । टम लाथम १४ रनमा आउट भए ।

त्यसपछि डार्यल मिचेल र ग्लेन फिलिप्सले पाँचौं विकेटका लागि ५७रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे । फिलिप्स ३४ रनमा आउट भए । मिचेल र सातौं क्रमका ब्याटर माइकल ब्रेसवेलले अर्धशतक बनाए ।

मिचेलले १ सय १ बल खेल्दै सर्वाधिक ६३ रन जोडे । ब्रेसवेल अविजित ५३ रनना क्रिजमा रहे। उनले ४० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा कुलदीप यादवले १० ओभरमा ४० रन दिएर २ विकेट लिए । १० ओभर नै खेलेका वरूण चक्रवर्तीले ४५ रन खर्चेर २ विकेट झारे । रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए ।

भारत ग्रुप ‘ए’ को विजेता र न्युजिल्यान्ड यही समुहबाट उप विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । भारतले सेमिफाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *