सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४-० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल गरे । खेलमा पाहुना टोली हिल्सले गोलको केही अवसर बनाएको थियो । तर, हिल्सले पाएको मौकालाई सदुपयोग गर्न सकेन।

छैटौं मिनेटमा राजले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाए । बाँया कर्नरबाट प्राप्त क्रसमा राजले वानटच गोल गरे ।

आठौं मिनेटमा फोफनाले अग्रता दोब्बर बनाए । मैदानको मध्य भागबाट एक्लै बल अघि बढाएर उनले गोल गरे । ६४औं मिनेटमा अभिषेकले गोल गरेका । इन्ज्युरी समयमा राजले अर्को गोल गरेपछि चर्च ब्वाइजले सहज जित निकाल्यो ।

२ गोल गरेका चर्च ब्वाइज राज प्लेयर अफ दि म्याच चुनिए र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

फिदिम-४ निवासी मन्जु श्रेष्ठ फ्यान अफ दि म्याच भइन् र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ ।

चर्च ब्वाइजले पूर्वमा जारी ३ वटै प्रतियोगिता एकै पटक भाग लिएको छ । विराट गोल्डकपमा सेमिफाइनल पुगेको भोलि पल्ट आज चर्च ब्वाइजले पाँचथर र झापाको मेचीनगर गोल्डकप खेल्यो । मेचीनगरमा पनि चर्च ब्वाइज सेमिफाइनल पुगेको छ ।

पाँचथर गोल्डकपको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *