एन्फा यु-१६ युथ लिग २०८१ को उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न आफ्नो अन्तिम खेलमा एफसी खुमलटारलाई ३-० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजलाई लिगको च्याम्पियन बनाउने क्रममा किरण चौधरीले दुई गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको हो ।
२४औं मिनेटमा किरणको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो । त्यसको नौं मिनेटमै सियोन राईले आत्मघाती गोल गर्दा चर्च ब्वाइज २–० ले अघि रह्यो । ७२औं मिनेट किरणले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित पक्का गरे ।
जितसँगै चर्च ब्वाइजले २० खेलबाट ५० अंक जोडेको छ । एक खेल कम खेलेको एपीएफको ४५ अंक रहेको छ । अब उसले अन्तिम खेल जिते पनि चर्च ब्वाइजको भन्दा दुई अंक कम हुनेछ । यससँगै एपीएफ उपविजेतामा सिमित हुने भएको छ ।
यता पराजित खुमलटारले भने १० औं स्थानमा रहेर यो सिजनको लिग टुङ्ग्याएको छ । खुमलटारको २० खेलबाट ९ अंक जोडेको छ ।
