वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ९ सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्रवार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता वडा नम्बर १ लाई १-० गोलले हराउँदै वडा नम्बर ९ ले अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलमा निर्णायक गोल गरेका वडा नम्बर ९ का शम्भु चन्द्रवंशी म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरे ।

अव फाइनल प्रवेशका लागि वडा नम्बर ९ ले वडा नम्बर ५ सँग प्रतिस्पर्धा गर्नेछ । वडा नमबर ५ ले वडा नम्बर ४ लाई पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको थियो ।
लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत शनिवार पहिलो सेमिफाइनल खेल वडा नम्बर २ र वडा नम्बर १० का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।
