सहायक प्रशिक्षकमा खड्की

२०८१, २० फाल्गुन मंगलवार १६:११

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई मंगलबार एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे ।

खड्गीले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ को खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सहयोग गर्नेछन् ।

यस्तै, एन्फाले विनोद महर्जनलाई गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ । नकुल हमाल र रमेश कुमारलाई टिम म्यानजरको जिम्मेवारी दिइएको छ भने निशान्त जोशी टिमको फिजियो रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *