विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा जारी प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएका छन् ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १७६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जितपछि मोरङ २ खेलमा ४ अंककासाथ शीर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा भरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो ।

मोरङका लागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २-२ विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए। मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिंदा मिनस थापाले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झापा २ खेलमा १ मा जित १ मा पराजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ।

टस हारेर जितेर ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।

१५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि ५ टिम सहभागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *