दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो ।

भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो । शुभमन गिल ८ रनमा र कप्तान रोहित शर्मा २८ रनना आउट भए । पहिलो पावर प्लेमा भारतले २ विकेटको नोक्सानीमा ५५ रन बनाएको थियो ।

सुरुवात दमदार गर्न नसकेको भारतको लागि विराट कोहली र श्रेयस अयरले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे । श्रेयस अर्धशतकबाट ५ रनले चुके । ४५ रन जोडेका उनी एडम जाम्पाद्वारा बोल्ड आउट भए ।

विराटले भने अर्धशतक बनाए र क्रिजमा टिकि रहे । विराटसँग मिलेर चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि अक्षर पटेल २७ रनमा आउट भए ।

त्यसपछि क्रिजमा जमेका विराटलाई जम्पाले पबिलियनको बाटो देखाइ दिए । ९८ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ८४ रनको पारी खेले । उनी आउट हुँदा भारतले ४२.२ ओभरमा २ सय २५ रन बनाएको थियो ।

त्यसपछि हार्दिक पाण्ड्या र के एल राहुलले भारतलाई जिततर्फ डोर्याए । २४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै हार्दिकले २८ रनको महत्वपुर्ण योगदान दिए । केएल राहुलले अविजित ४२ रनको उत्कृष्ट पारी खेले । उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा एडम जाम्पा र नथान इलिसले समान २ विकेट लिए । यस्तै बेन ड्वारसेस र कुपर कनोलीले समान १ विकेट झारे ।

त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो । ४९.३ ओभर सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो ।

अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए । दोस्रो विकेटको रूपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गीलको बलमा क्याच आउट भए ।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे। मार्नस २९ रनमा आउट भए ।

लगत्तै जोस इ‌ङ्लिस ११ रनमा आउट भए। त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे । उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए ।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे । मार्नस २९ रनमा आउट भए ।

लगत्तै जोस इ‌ङ्लिस ११ रनमा आउट भए। त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे । उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए ।

त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए । उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले ।

बलिङमा मोहम्मद सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे । वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

भोलि हुने दोस्रो सेमिफाइनल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *