बुन्डेस लिगामा बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ ।
शनिबार एमएचपी एरेनामा भएको खेलमा बायर्न म्युनिखले स्टुटगार्टमाथि ३-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो ।
एक गोलले पछाडि परेको बायर्नले पुनरागमन जित निकाल्दै उपाधि यात्रा थप बलियो बनाएको छ ।
स्टुटगार्टले ३४औं मिनेटमा एन्गेलो स्टिलरको गोलमा अग्रता लिएको थियो । त्यसपछि बायर्नका लागि मिचेल ओलिसले ४५औं मिनेटमा बराबरी गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो।
लियो गोनेटज्काले ६४औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएला थिए । अन्तिम मिनेटमा किङसली कोमनले गोल गरे बायर्नको सहज बनेको थियो ।
जितपछि शीर्ष स्थानको बायर्नको २४ खेलमा ६१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको बायर लेभरकुजनको भन्दा बायर्नको ११ अंक बढी छ । पराजित स्टुटगार्ट भने २४ खेलबाट ३६ अंकका साथ सातौँ स्थानमा छ ।
