नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय बुद्धिचाल संघको अध्यक्षमा नेपाल बुद्धिचाल महासंघका महासचिव समेत रहेका धरम बहादुर लामा निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंको मध्य बानेश्वरस्थित नेपाल खेलकुद महासंघको कार्यलयमा भएको संघको दोश्रो अधिवेशनबाट लामाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन भएको छ ।
उपाध्यक्षमा जित बहादुर केप्छाकी, सुदूरपश्चिम प्रदेश र उपाध्यक्ष किरण नापित, लुम्बिनी प्रदेशका रहेका छन्। सचिवमा सुमन जोशी (भक्तपुर), उपसचिवमा सुशिल चौधरी (धनुषा), सन्तोष पौडेल (काठमाडौं) र कोषाध्यक्षमा सुशिला गुरुङ (ताप्लेजुङ) निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमिला पोखरेल (ललितपुर), मिशन बास्कोटा (लमजुङ), पशुपतिनाथ योगी (बाँके), पार्वती श्रेष्ठ (चितवन), सुशिल केसी (पर्सा), प्रकाश नेपाल (झापा), गगन शाही (हुम्ला), भरत धिमाल (मोरङ), सजिन महर्जन (ललितपुर) हरि होना (भक्तपुर), मन बहादुर कार्की (काठमाडौं) र अमित चक्रधार (भक्तपुर) रहेका छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र कोषाध्यक्ष ताराबहादुर रानाभाटले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
