ललितपुर । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र तर्फ प्रतिक सुवेदीले उपाधि उचालेका छन् ।

गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर विजय बनेका छन् । काठमाडौं भ्यालीका ६० विद्यालयको सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि प्रतिकले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र ग्रहण गरेका छन् ।

कूल १२० जना विद्यार्थी सहभागी रहेको प्रतियोगितामा पुष्प सदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो भएका छन् । एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भएका छन् । समान ६ अंकका पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजु चौथो, फ्लोसेण्ट स्कूलका जेसिक मैनाली पाँचौ स्थानमा रहे ।

यस्तै पेभेलियन चेस एकेडेमीका ओस्कर पन्थि, त्रियोग हाइस्कूलवाठ आभाष रिमाल, आदर्श सौल स्कूलका श्याम उज्वल महर्जन, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर र पेभेलियन चेसका सोशम श्रेष्ठ क्रमशः दशौं स्थानमा रहेका छन् ।

यसैगरी छात्रा तर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वी शर्माले ६.५ अंक जोडेर पहिलो स्थान प्राप्त गरेकी छिन् । उनले नगद ४ हजार, आकर्षक ट्रफि, गोल्डमेडल र प्रमाणपत्र ग्रहण गरेकी छिन् । यस्तै ग्रीनहिल स्कूलकी एञ्जल महर्जनले ६ अंक जोडेर दोस्रो स्थान प्राप्त गरेकी छिन् । उनले नगद २ हजार, सिल्डर मेडल र प्रमाणपत्र ग्रहण गरीन् ।

प्रतियोगितामा अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ ५.५ अंक बनाएर तेस्रो स्थानमा उभिन सफल बनीन् । उनले नगद सहित ब्रञ्च मेडल हात पारिन् । खेलमा मनकामना स्कूलकी प्रिसियस् अधिकारी, मनकामना सेकेण्डरीकी संस्कृति गजुरेलले समान ५ अंक प्राप्त गर्दै क्रमशः पाँचौ स्थानमा रहिन् ।

यस्तै श्री श्रृंगेरी उच्च माविकी इशा घिमिरे ४.५ अंक छैटौं , बालकुञ्जकी इन्शु ओलि, प्रेरणा विद्याश्रीकी अलिषा महर्जन,सिरियस स्कूलकी अनुजा घर्ती, प्रकृति राई दशौं स्थानमा रहिन् ।

यस्तै गोदावरी नगरवाट बज्र एकेडेमीका बिभव जोशी, लालिगुरास स्कूलका विभिन गुरुङ र विराट जंग शाही क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । महिलातर्फ लालिगुरासकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमशः पहिला, दोस्रो र तेस्रो भईन् ।

यसैबीच कार्यक्रमको उदघाटन गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेल क्षेत्रलाई धेरै माया गरेर धेरै भन्दा धेरै खेलकुद कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराएका छन् । मेयर गजेन्द्र महर्जनले यो प्रतियोगिताको निरन्तरता रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.१ अध्यक्ष श्रीराज थापा, ६ का विष्णु मान महर्जन, १० का शेखर न्यौपाने, ११ का नील बहादुर देशार, १४ का निरोज बज्राचार्यले मन्तब्य ब्यक्त गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य तथा प्रवक्ता राजु ताम्राकारले विजेतालाई पुरस्कार वितरण गरेका छन्। महासंघका केन्द्रीय सदस्य सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *