भारतीय स्टार क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्री वर्माबीच विहिवार आधिकारिक रुपमा सम्बन्ध विच्छेद भएको छ । यी दुवैको सम्बन्ध विच्छेदको अन्तिम सुनवाई बान्द्रा फेमली अदालतमा भएको थियो । जहाँ दुवै जनाको उपस्थिति रहेको थियो ।

चहल र धनश्रीबीच सम्बन्ध बिच्छेदको बारेमा विगत लामो समयदेखि शोसल मिडियामा चर्चाको विषय बनेपनि दुवैले यसलाई अस्वीकार गर्दै आफुहरुबीच समधुर सम्वन्ध रहेको बताउँदै आएका थिए । दुवैले सम्वन्ध विच्छेदको शब्द समेत उच्चारण गरेका थिएनन् ।

सम्वन्ध विच्छेद हुनुपूर्व न्यायाधिसले दुवै दम्पतीलाई परामर्श लिनका लागि सल्लाह दिएका थिए । ४५ मिनेटसम्म चलेको परामर्शपछि दुवैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका थिए ।

चहल र धनश्रीको सम्बन्धमा तिक्तता आएपछि यी दुवै दम्पति विगत १८ महिनादेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुवै जना अलग अलग बस्न थालेपछि उनीहरुको सम्बन्ध बिग्रिएको र सम्बन्ध विच्छेदसम्म पुगेको सामाजिक सञ्जालमा छाइरहेको थियो । तर, यो कुरालाई अस्वीकार गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *