चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नई ५ विकेटले विजयी भएको हो।

जितसँगै तेस्रो स्थानमा रहेको चेन्नईले १३ खेलबाट १४ अंक जोडेको छ। पराजित राजस्थानको १२ खेलबाट १६ अंक रहेको छ। राजस्थान अंक तालिकामा शीर्ष २ मा रहेको छ।

राजस्थानले दिएको रनको पछ्याएको चेन्नईले १४२ लक्ष्य १८.२ ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनायो। चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ४२ रन बनाए। अविजित रहेका उनले ४१ बलमा १ चौका र २ छक्का प्रहार गरे।

रचिन्द्र रविन्द्र २७, डेरिल मिचेल २२, शिवम दुबे १८ र मोइन अली १० रनमा आउट हुँदा समीर रिजभी १५ रनमा अविजित रहे।

राजस्थानका रविचन्द्र आश्वीनले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए। नान्द्रे बर्गर र युजवेन्द्र चहालले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनाएको हो।

राजस्थानका रियान परागले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए। ३५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। ध्रुव जुरेल २८, यशस्वी जायसवाल २४, जोस बटलर २१ र सञ्जु सामसन १५ रनमा आउट भए।

चेन्नईका सिमरजीत सिंहले सर्वाधिक ३ विके लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। यस्तै, तुषार देशपाण्डेले २ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *