सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार सम्पन्न खेलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो। मोक्षदाले १४३ रनको लक्ष्य दिएको थियो। तर, वर्षाका कारण सैनिकले डकवर्थ लेविस पद्धति (डीएलएस) मा ९ ओभरमा ७० रनको लक्ष्य पाएको थियो।

उक्त लक्ष्य सैनिकले ६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गयो। सैनिकका रमन गिरीले सर्वाधिक ३५ रन बनाए। रोजल खड्काले ३३ रन बनाए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको मोक्षदाले २० ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

संमय नेपालले सर्वाधिक ३७ रन बनाए। नितेश बूढाथोकी २४ र आलोक शाहले २२ रन बनाए। सैनिकका लवकुमार ठाकुर, सुभव विष्ट र प्रत्युस आचर्याले १/१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *