विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा ग्यालेक्सी स्कुललाई १-० गोलले हराउँदै मोर्डन एरा स्कुलले प्याब्सन प्रेसिडेन्ट कपको उपाधि जितेको हो ।

मोर्डन एरा स्कुलका प्रतिक राईले निर्णाय गोल गर्दै स्कुललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

जितसँगै मोर्डन एरा स्कुल मंगलबारदेखि सुरु हुने प्याब्सन जिल्ला स्तरीय यू- १५ फुटबल प्रतियोगितामा छनौट भएको छ । यो प्रतियोगितामा १० वटै स्थानीय तहबाट छनौट भएर जिल्ला स्तरीय प्रतियोगितामा पुगेका हुन् ।

जिल्ला स्तरीय प्रतियोगिता विराटनगरमा मंगलबारबाट सुरु हुने प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । क्वाटरफाइनल खेल मोर्डन र एरा र उर्लाबारीको ओवल ल्याब्रोटरी स्कुलबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *