काठमाडौं । नयाँ संस्करणको शहीद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्ने भएका हुन् ।

यी दुई टोलीबीचको खेल फागुन २५ गते आइतबार त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

‘बी’ डिभिजन लिगमा विभिन्न १४ क्लब सहभागि छन् । लिगबाट शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन घटुवा हुनेछन् ।

खेलतालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *