काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्चिला तुम्बापो सुब्बा सम्मिलित निस अट्रोमिटौले ग्रिक महिला ‘ए’ डिभिजन लिगमा जित निकालेको छ ।

चोरपस रंगशालामा आइतबार राति भएको खेलमा घरेलु टोली अट्रोमिटौले कास्टोरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अट्रोमिटौलाई जित दिलाउन इभाना टर्बोजेभिच र एलिनी गाट्सीले गोल गरिन् । कोस्टोरियाका लागि इसाबेल बेर्नियरले एक गोल फर्काइन् ।

अट्रोमिटौका लागि एञ्जिलाले खेलेको यो दोश्रो खेल हो । यसअघि एञ्जिलाको डेब्यू खेलमा भने अट्रोमिटौ ओएफआइसँग ४-० ले पराजित भएको थियो ।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको अट्रोमिटौ नवौं स्थानमा रहेको छ । पराजित कास्टोरिया समान खेलमा ५ अंकसहित १० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *