इंग्लिस फरवार्ड मार्कस रासफोर्ड लोनमा एस्टन भिल्ला पुगेका छन् ।

म्यान्चेस्टर युनाइटेडका २७ वर्षीय स्टर्लिङ प्रिमियर लिगको प्रतिद्धन्द्धी क्लब एस्टन भिल्लामा अनुबन्ध भएका हुन् । उनी यो सिजन भिल्लामा रहने छन् । पछिल्लो समय रासफोर्डले युनाइटेडमा पर्याप्त मौका पाइरहेका थिएनन् ।

सन् २००५ मा युनाइटेको युथ एकेडेमीमा भित्रिएका रासफोर्डले २०१५ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । उनले क्लबका लागि २८७ प्रिमियर लिग खेलमा ८७ गोल गरेका छन् ।

यसैगरी भिल्ला फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट मिडफिल्डर मार्को एसेन्सियोलाई पनि भित्र्याउने प्रयासमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *