सोमबार जापानविरुद्धको खेलमा टि२० आई क्रिकेटको इतिहासमा दोस्रो सबैभन्दा कम स्कोरमा आउट भएको मङ्गोलियाले नयाँ रेकर्ड बनाएको छ ।

मङ्गोलियन क्रिकेट टोली हाल जापान भ्रमणमा छ ।उनीहरुबीच ७ टी-२० म्याचको शृङ्खला जारी छ ।

सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको विशाल स्कोर बनाएको थियो ।

विशाल लक्ष्य पछ्याएको मङ्गोलियन टोलीले इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो । एक एक गर्दै सबै खेलाडी प्याभिलियन फर्किए र ११ खेलाडीमध्ये ७ जनाले एक रन पनि बनाउन सकेनन् ।

जापानका लागि बायाँ हाते फास्ट बलर काजुमा काटो-स्टाफोर्डले ३.२ ओभरमा ७ रन दिएर ५ विकेट लिए ।

मङ्गोलियन टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मको यात्रा राम्रो रहेन । अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलियाको पहिलो खेल सन् २०२३ सेप्टेम्बर २७ मा खेलिएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ सय १४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा मंगोलियन टोली ४१ रनमा अलआउट भयो । त्यस्तै आफ्नो दोस्रो खेलमा पनि मंगोलियाले माल्दिभ्ससँग ९ विकेटको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *