त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।

किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजमा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्ससँग सहभागी छन् । सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *