नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।
क्यानले शनिवार एक विज्ञप्ती जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाई गरेको जनाएको छ ।
उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएको र सम्झौता नविकरण नगरिएको क्यानले जनाएको हो । क्यानले उनलाई आगामी यात्राको सफलताको शुभकामना पनि दिएको छ ।
मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो । उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो भने दोस्रो पटक टी-२० विश्वकप समेत खेलेको थियो ।
