काठमाडौं । ट्राइबेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
योसँगै खेल ट्राइबेकरमा पुगेको हो । टाइब्रेकरमा संकटाले ४-३ ले बाजी मार्यो । उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पारेको छ ।
बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो । संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके । तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।
बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके । कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।
