पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय-अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको तेश्रो खेलमा आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा आयोजक टोलीले आर्मीलाई क्रमशः २५–१४, २५–११ र २५–२१ सहित ३–० को सोझो सेटमा पराजित गरेको हो ।

यसअघि शनिबार खराब प्रकाशका कारण यो खेल बीचैमा रोकिएको थियो । खेल स्थगित भएपछि आइतबार पुनः पहिलो सेटबाटै खेलाइएको हो ।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको आयोजक टोलीमा ३ थाइल्यान्डका खेलाडी पनि समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *