काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत बाँकी रहेका खेलको समय परिवर्तन भएको छ।
आयोजकका अनुसार भोलि माघ ११ गते शुक्रबारबाट सभापति कप फुटबल प्रतियोगिताका खेलहरु साँझ ५:३० बजेदेखि शुरु हुने छन् । यसअघि सबै खेल दिउँसो ३ बजे शुरु हुने तय थियो ।
आज बिहीबार भएको उद्घाटन खेल दिउँसो ३ बजेदेखि शुरु भएको थियो । उक्त खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरको थियो ।
