युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति कुल ९ गोल भएको खेलमा बार्सिलोनाले बेनफिकामाथि ५–४ को पुनरागमन जित निकालेको छ ।

बेनफिकाको घरेलु मैदनामा तीन गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले सानदार पुनरागमन गरेको हो । यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

बार्सिलोनालाई जित दिलाउन रोबार्टाे लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे । एरिक गार्सियाले एक गोल थपे ।

बेनफिकाका लागि भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक पूरा गर्दा अर्को एक गोल भने आत्माघाति उपहार पाएको थियो ।

खेलको दोस्रो मिनेटमा नै पाभ्लिदिसको गोलबाट बेनफिकाले अग्रता लिएको थियो । १३औं मिनेटमा बार्सिलोनाका लेवान्डोस्कीले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । पाभ्लिदिसले २२औं र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । जसका कारण पहिलो हाफमा बेनफिका ३-१ ले अघि रह्यो । 

त्यसपछि दोस्रो हाफको ६४औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दा खेल ३-२ को अवस्थामा आएको थियो । अरौजोले खेलको ६८औं मिनेटमा आत्माघाती गोल गरेपछि बेनफिका ४-२ ले अघि बढ्यो ।

खेलको ७८औं मिनेटमा लेवान्डोस्की र ८६औं मिनेटमा गार्सियाले गोल गर्दै खेल ४-४ को बराबरीमा पुर्याए । राफिन्हाले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दा बार्सिलोनले ९ गोलको रोमाञ्चक खेलमा जित निकाल्न सफल भयो । 

जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ । शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *