नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइड्सले लगातार दाेस्राे जित हासिल गरेकाे छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमबार भएकाे खेलमा जनकपुरले धनगढीलाई ३७-३१ अंकले पराजित गरेकाे हाे ।
जितसँगै जनकपुरले १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढीको एक अंक छ ।
पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले पराजित गरेको थियो । धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो ।
जनकपुरले रेडबाट २४, ट्याकलबाट ९ अलआउटबाट चार र बोनस पोइन्टबाट ६ अंक जोडेको हो । धनगढीले रेडबाट २७, ट्याकलबाट चार र बोनसबाट ११ अंक जोड्यो ।
सुरुआती समयमा धनगढीले पनि जनकपुरलाई दबाबमा राखेको थियो । तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट भयो । जनकपुरले भने ट्याकलमा सानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो । धनगढीले भने २ अंक मात्रै जोड्न सकेको थियो ।
