काठमाडौं । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ ।

नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम राम बहादुर तामाङले नगद पन्ध्र हजार, दोसो सागर पाण्डेले नगद दस हजार र तेस्रो खुम पाण्डेले नगद पाँच हजार नगदसहित ट्रफी हात पारे ।

महिलातर्फ प्रथम अनुकला राईले १५ हजार, दोश्रो गंगा छन्त्यालले १० हजार र तेश्रो झरना रानाले ५ हजारसहति ट्रफी पाए । विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आर्थिक सहयोग गर्ने मध्यपुर थिमि नगरपालिका का प्रबक्ता कृष्णहरि आचार्यले आगामी दिनमा पनि यश संस्थालाई सहयोग गरी पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले सहयोग गर्ने बताए ।

नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधा अपांग मैत्री बनाउनका साथै ह्विलचियर टेनिस पनि टेनिस संघको अंग हुने बताइन्। त्यसैगरी ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेत मै हुने जानकारी गराए ।

मन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले राज्यले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए । मन्त्री महर्जनले पारालिम्पियन पलेशा गोवर्धन, भरतसिंह महता, भिम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गर्नुभयो ।

नेपाल ह्विलचियर टेनिस संघले प्रतियोगिता गर्नु अगाडि मध्यपुर थिमि नगरपालिकाको सहयोगमा १ महिने प्रशिक्षण सम्पन्न गरेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रशिक्षणमा राखेपका टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य, मुख्य प्रशिक्षक रेणुदेवी कोण्डा र प्रशिक्षक चन्द्र शाहिले ४ महिला र ५ पुरुष खेलाडीलाई प्रशिक्षण गराएका हुन्। कार्यक्रममा राष्ट्रिय पारालिम्पिकका पधाधिकारीहरु उदय लिम्बू, ओमनाथ शिवाकोटी, विश्सवास बस्नेत, सरोज श्रेष्ठलगायतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *