सुनसरी । सुनसरीको इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा आयोजक हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सिमरा भेट्रान क्लब बारालाई १-० गोलले स्तब्ध पार्दै इटहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

इटहरीको जितमा सुरेन्द्र तामाङले निर्णायक गोल गरे । उनले दोस्रो हाफको १३औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच इटहरीका सुमन केसी घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनल खेल हाम्रो राजारानी भेट्रान क्लब धनकुटा र बर्मिक नाम्फिङ् भेट्रान क्लब सिक्किमबीच हुनेछ ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *