नेपाली महिला टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको फाइनलमा पुगेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा शनिबार भएको सेमिफाइनल खेलमा युगान्डालाई ८९-१८ नेपाली टोली उपाधि नजिक पुगेको हो ।
इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो ।
नेपाली टोली समूह चरणमा अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।
नेपालले उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
नेपली पुरुष टोलीले आजै इरानसँग सेमिफाइनल खेल्दैछ ।
