एन्फा महिला लिग फुटबलको अन्तिम चरणमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टाेलीबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

बराबरीपछि पनि पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ । बागमती ४ अंकका साथ चौथो स्थानमा छ । अंक तालिकामा एपिएफ क्लब १८ अंकका साथ शीर्ष स्थानमा छ ।

१३ अंक सहित त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा छ । अंक जोड्न नसकेको वालिङ नगरपालिका तालिकाको पुछारमा छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफ, दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *