सुनसरी । सुनसरीको इटहरीमा शनिबारदेखि पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा पूर्बेली भेट्रान क्लब झापाले हाम्रो धरान भेट्रान क्लब सुनसरीलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँँगै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको जितमा नगेन्द्र लिम्बु र प्रेम कुमार लिम्बुले गोल गरे । खेलको तेस्रो मिनेटमै नगेन्द्रले पेनाल्टीमार्फत गोल गर्दै झापालाई अग्रता दिलाए । २१औं मिनेटमा प्रेमले झापाका लागि दोस्रो गोल गरे । यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा झापा बिजयी भयो । 

खेलको म्यान अफ दि म्याच झापाका नगेन्द्र लिम्बु घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार आयोजक हाम्रो इटहरी भेट्रान क्लब सुनसरी र सिमरा भेट्रान क्लब बाराबीच प्रतिस्पर्धा हुनेछ ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *