भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपाली पुरुष टोलीले पहिलो जित हासिल गरेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार भएको दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले पराजित गरेको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक भारतसँग ४२–३७ ले पराजित भएको थियो ।

मंगलबारै नेपालको महिला टोलीले भने दोहोरो जित हात पारेको छ । महिला टोलीले भुटान र जर्मनीलाई पराजित गरेको हो ।

नेपालको पुरूष टोलीले बुधबार ब्राजिलसँग खेल्ने छ भने महिला टोलीले बुधबारनै श्रीलंकासँग खेल्ने छ ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, ब्राजिल र पेरु छन् । महिलातर्फ समूह ‘सी’ मा नेपालसँगै भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । 

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *