पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको अक्सानमा सबै नेपाल खेलाडी ‘अनसोल्ड’ भएका छन् ।
पाकिस्तानको लाहोरको हुजुरी बगैंचामा सोमबार भएको अक्सनमा नेपाली खेलाडी अनसोल्ड भएका हुन् ।
पिएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेसहित सात खेलाडी परेका थिए । ड्राफ्टमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी थिए ।
लेग स्पिनर सन्दीप डायमन्ड र अन्य खेलाडी सिल्भर क्याटोगोरीमा थिए । गत वर्ष पनि नेपालबाट आठ खेलाडी पिएसएलको ड्राफ्टमा परेका थिए । तर, कोही बिकेका थिएनन् ।
पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पिएसएल २०२५ आगामी अप्रिलदेखि मेसम्म हुनेछ ।
