एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ३-० गोलले पराजित गरेको हो ।

आर्मीलाई सहज जित दिलाउन सपना लामा, पुनम मगर र चन्द्रा भण्डारीले समान एक-एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको छैटौँ मिनेटमै सपनाको गोलबाट आर्मीले सुरुआती अग्रता लिएको थियो । २२औं मिनेटमा पुनमले टोलीको अग्रता दोब्बर बनाइन् ।

खेलको ३४औं मिनेटमा बिमला चौधरी पेनाल्टीमा चुक्दा आर्मी पहिलो हाफमै ३-० को अग्रता बनाउने अवसर गुमायो । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा चन्द्राले गोल गर्दै आर्मीलाई ३-० को सहज जित दिलाइन् ।

जितसँगै पाँच खेलबाट १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । समान खेल खेलेको बागमती ३ अंक सहित पूछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *