आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आइतवार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

पाकिस्तान र युएईमा फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफीका लागि तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सलाई पनि समावेश गरिएको छ ।

सियर्स, विल ओरोर्के र नाथन स्मिथलाई आइसिसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको छ । यस्तै, श्रीलंकाविरुद्धको टि ट्वान्टी आई र एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका जेकब डफीलाई ट्राभल रिजर्भमा राखिएको छ ।

न्युजिल्याण्डले पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै च्याम्पियन्स ट्रफीको अन्तिम तयारी गर्नेछ । च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्व कप २०२३ को शीर्ष ८ टोलीको सहभागिता रहेको छ ।

न्युजिल्याण्ड, पाकिस्तानसहित समूह ए मा बंगलादेश र भारत छन् । न्युजिल्याण्डले फेब्रुअरी १९ मा घरेलु टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

न्युजिल्याण्डको टोली
मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *