इंग्ल्याण्डविरुद्ध हुने टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
भारतीय टोलीमा सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), सञ्जु सैमसन (विकेटकिपर), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्डेय, रिंकु सिंह, नितिश कुमार रेड्डी, हर्षित राना, अर्शदीप सिंह, मोहम्मद शामी, वरुण चक्रवर्ती, रवि बिश्नोई, वासिङ्टन सुन्दर र ध्रुव पटेल छन् ।
तीव्र गतिका बलर मोहम्मद शामीले भारतीय टोलीमा पुनरागमन गरेका छन् । उनि २०२३ को एकदिवसीय विश्वकपको फाइनलदेखि भारतीय टोलीबाट बाहिर थिए । शल्यक्रिया र चोटका कारण उनी लामो समयपछि सिरिजका लागि टिममा फर्किएका हुन् ।
पाँच खेलको सिरिजको पहिलो खेल २२ जनवरीमा कोलकातामा हुनेछ । दोस्रो खेल २५ जनवरीमा चेन्नईमा, तेस्रो खेल २८ जनवरीमा राजकोटमा, चौथो खेल ३१ जनवरीमा पुणेमा र अन्तिम र पाँचौं खेल २ फेब्रुअरीमा मुम्बईमा हुनेछ ।
