रातो बंगला र रेडियन्ट फाइनलमा

२०८३, ११ मंसिर बिहीबार २१:०४

काठमाडौं । रातो बंगला र आयोजक रेडियन्ट पब्लिक १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

रातो बंगलाले ह्वाइटफिल्डलाई १४–३ तथा रेडियन्ट पब्लिकले केभीएस, स्युचाटारलाई २०–१३ ले पराजित गरे । रातो बंगलाका रिन्जिनले ४ तथा रेडियन्ट पब्लिकका जेनिश लामिछानेले ६ स्कोर गरे ।

सिनियर गल्र्समा रिब्सले निसर्ग वाटिकालाई २२–२१ तथा राराहिलले रेडियन्ट पब्लिकलाई १९–१२ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । रिब्सकी सुप्रिया मल्लले ११ तथा राराहिलकी एलिशा ओलीले ९ अंक जोडिन् ।

सिनियर ब्वाइजमा पुष्पसदनले निसर्ग वाटिकालाई ३५–२२ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४२–२१ ले पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

पुष्पसदनका सम्राट लामाले १४ तथा रेडियन्ट पब्लिकका नन्दन बस्नेतले १० स्कोर गरे । फाइनल शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *