पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा ट्रायङ्ुलिटी स्पाको मुख्य प्रायोजनमा पोखरामा जारी प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन तीन उमेर समुहतर्फका फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् । 

प्रतियोगितामा गल्र्सतर्फ निम्ती कुंवरले दोहोरो उपाधि जितिन् । उनले यू१० र यू१२ दुई उमेर समुहमा उपाधि जितिन् । उनले यू१० तर्फको फाइनलमा सहारा कायस्थलाई ६-०, ६-१ ले जित हात पार्दा यू१२ तर्फ ताभिसी रानालाई ६-१, ६-२ ले फाइनलमा हराइन् । 

यस्तै एक अर्को फाइनलमा यू१६ गल्र्सतर्फ स्वराह थापाले शाल्भी शेरचनलाई ६-४, ६-२ ले हराइन् । 

प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनलमा खेलमा यू-१६ ब्वाइजतर्फ असव सम्राट हाडा बिजयी बने । उनले सुरेन्द्र बीकलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरे । 

त्यस्तै यू-१४ ब्वाइजतर्फको सेमीफाइनलमा अभिषेक बयलकोटीले सबिक पोखरेललाई ६-०, ६-१ ले तथा अर्याशराज पौडेलले अनमोल सार्कीलाई ६-०, ६-१ हराउँदै अभिषेक र आयर्शले फाइनलमा भेट पक्का गरे । 

यू-१२ ब्वाइजतर्फ निधय बीक्रम रानाले सफलता हात पारे । निधयले सेमीफाइलमा सबिक पोखरेललाई ६-०, ७-६ ले पराजित गरी इभान भट्टराई संग भेट पक्का गरेका छन् ।  इभान भट्टराईले मार्कव पोखरेललाई ७-५, ६-३ ले पराजित गरे ।

यू-१४ गरल्र्सतर्फ स्वराह थापा र  एरा खत्री फाइनलमा भेट पक्का गरेका छन् । सेमीफाइनलमा स्वराहले बोनी एस म्याकलगनलाई ६-०, ६-१ ले तथा एरा खत्रीले ताभिसी राणालाई ६-२, ६-२ ले पराजित गरिन् ।

कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूहका ४३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

ट्रयाङ्कुलिटी स्पाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा कर्माचार्य बिस्कुट, सुजल फुड्स प्रालि र सोल्टी मिनरल वाटरले सहकार्य गरेका छन् । ट्रयाङ्कुलिटी स्पा देशकै ठूलो स्पा चेनसमेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *