नेपालले आगामी सन् २०२६ डिसेम्बरमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ’ आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा उक्त प्रतियोगिता सञ्चालन हुने औपचारिक जानकारी दिएको हो ।

प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ । जसमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तालिकामा अन्तिम चार स्थानमा रहने टोलीहरू तथा ‘आइसिसी सिडब्लुसी च्यालेन्ज लिग’ समूह ‘ए’ र ‘बी’ बाट शीर्ष २-२ टोली गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट’ का लागि छनोट हुने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *