बाल दीक्षा सदन स्कुलको आयोजनामा जारी पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको छैटौँ दिन छात्र र छात्रातर्फका सेमिफाइनल खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

छात्रातर्फको पहिलो सेमिफाइनलमा पाठशाला फाउन्डेसन नेपालले आयोजक बीडीएसलाई १९–७ ले तथा निष्ट ‘बी’ लाई आरआईबीएसले २३–१९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

उपाधिका लागि पाठशाला र आरआईबीएसबीच प्रतिस्पर्धा हुनेछ ।

छात्रतर्फ सनसाइन माध्यमिक बोर्डिङ स्कुलले नवज्योति सेकेन्डरी स्कुललाई ३३–२४ ले हराउँदै फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनलमा इनोभेटिभले जेनियन नेसनल एकेडेमीलाई १७–८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

छात्रतर्फ सनसाइन र इनोभेटिभ तथा छात्रातर्फ पाठशाला र आरआईबीएसले उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *