विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको कार्यालयमा शनिबार दिनदहाडै चोरी भएको छ ।

सहिद रंगशालाको पूर्वतर्फ रहेको बोर्डको कार्यालयमा बिदाको दिन प्रवेश गरेका व्यक्तिले धाराका टुटीलगायतका सामान चोरी गरेका हुन् ।

बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार कार्यालयभित्र प्रवेश गरी सामान चोरी गरिरहेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ । ‘बिदाको समयमा केही व्यक्ति कार्यालयभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ,’ उनले भने, ‘उनीहरूले धाराका टुटीलगायतका सामान चोरी गरेको देखिन्छ ।’

अन्य सामान भने चोरी नभएको घोषले बताए । घटनाबारे सीसीटीभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइएको उनले जानकारी दिए । प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *