काठमाडौं । काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली बुधबार भुटानको थिम्पु जाने भएको छ। भदौ १९ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान २-२ पुरुष-महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले खेल्ने छन् । महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने छन्।
टोलीको प्रशिक्षकमा श्रीराम बोगटी तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाई गरे ।
