फ्युजन फुटबल क्लब, उदयपुर प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कुशुमे साईनिङ फुटबल क्लब, मोरङलाई ३-१ गोलअन्तरले पराजित गर्दै फ्युजन फाइनलमा पुगेको हो ।

फ्युजनको जितमा पबिन राईले दुई तथा बिनु आले मगरले एक गोल गरे । कुशुमेका लागि एक मात्र गोल अमित बेस्राले गरे ।

खेलको म्यान अफ दि म्याच फ्युजनका बिबेक राई घोषित भए । उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।फ्युजनले उपाधिका लागि शनिबार फाइनलमा सतिसाले फुटबल क्लब, मोरङसँग प्रतिस्पर्धा गर्नेछ ।

तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *