काठमाडौं । गोल्डेनपिक र ज्ञान निकेतन आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सरस्वतीनगरस्थित घरेलु कोर्टमा गोल्डेनपिकले बेबिलनलाई ३७–१६ ले पराजित गर्यो ।

गोल्डेनपिकको जितमा विकी श्रेष्ठले ९ अंक योगदान गरे । जेन्युन वाइबाको १५ अंक सहयोगमा ज्ञान निकेतनले एडभान्सलाई ४७–२६ ले हरायो ।

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा विच किड्स र एडभान्सले उपाधि भिडन्त पक्का गरे ।

विच किड्सले जगत मन्दिरलाई १४–६ ले पाखा लगायो । विच किड्सकी डोल्मा शेर्पाले १० स्कोर गरिन् । एडभान्सले क्याम्ब्रिजलाई १३–२ ले पन्छायो ।

एडभान्सकी सुप्रियाले ६ अंक जोडिन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा ज्ञान निकेतन र सम्भावी उपाधिका लागि भिड्ने भएका छन् ।

ज्ञान निकेतनले गोल्डेनपिकमाथि २६–११ को जित दर्ता गर्यो । ज्ञान निकेतनका सौरव परियारले १९ अंक जोडे । लाइसियम मोडेल विरुद्धको अर्को सेमिफाइनलमा सम्भावी २१–१३ ले विजयी भयो । सम्भावीका जनक विकले ५ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *