काठमाडौं । फिडे मास्टर क्षितिज अरुणले शनिबार दोस्रो खुल्ला फिडे र्‍यापिड रेटिङ चेसको उपाधि जितेका छन् ।

अन्नपूर्ण आरसीटीको आयोजना स्विस लिग नौ चरणको प्रतियोगितामा क्षितिजले आठ अंक बटुले । उनले सात जित र दुई बराबरी खेले । जितसँगै उनले १५ हजार रुपैंया प्राप्त गरे ।

समान आठ अंकमा बुकहोल्ज टाइब्रेकरको आधारमा पूर्व नेपाल च्याम्पियन सीए पुरुषोत्तम चौलागाई दोस्रो भए । उनले १० हजार रुपैंया हात पारे ।

यस्तै बेल्जियमका जोचिक डेमोलिन साढे सात अंकमा तेस्रो भए । महिलातर्फ भने राधिका पौडेल पहिलो, डानिशा पूरी दोस्रो तथा अग्रता आचार्य तेस्रो भए ।

दुई दिने प्रतियोगितामा कुल १ सय ५० खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *